NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलाथ्व पञ्चमी - ५

परिचय

सामाजिक विकास कार्यालयको कार्यविवरण
• उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सामुदायिक क्याम्पसहरुको पूर्वाधार, सुचना तथा संचार प्रविधि, पुस्तकालय, फर्निचर आदिमा सहयोग पुर्याउने कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने,
• विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि प्रदेश सरकारद्वारा तोकिएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने,
• महिला हकहित, महिला सशक्तिकरण र लैङ्गिक समानता सम्बन्धिका कार्यक्रम कार्यान्वयन,
• लैङ्गिक हिंसा, मानव बेचविखन तथा ‌ओसारपसार बिरुद्दको सचेतीकरण तथा अन्य कार

बालबालिकाको हकहित संरक्षण सम्बन्धिका कार्यक्रमहरु कार्यन्वयन,
• बालमैत्री शासकीय प्रबन्ध र सेवा प्रवाह, बालउद्धार कोष, वालसुधार तथा पुनर्स्थापना कार्यक्रमहरुको कार्यान्वयन,
• ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुको संरक्षण र सहयोग सम्बन्धी कार्यक्रमहरु,
• युवाहरुको रोजगारी र स्वरोजगारीका लागि प्रादेशिक नीति अनुरुपका कार्यक्रम तथा युवा वैज्ञानिक प्रोत्साहनका कार्यक्रमहरु कार्यान्वयन,
• खेलकुद सम्बन्धी प्रादेशिक नीतिको कार्यान्वयनका लागि खेलकुद पुर्वाधारको निर्माणमा सहयोग तथा खेलकुदका कार्यक्

• लोपोन्मुख, सिमान्तकृत, गरिव, ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरुको कार्यान्वयन,
• रोजगारी प्रवर्द्धन सम्बन्धी कार्यक्रम तथा रोजगारी र स्वरोजगारका लागि तालिम सञ्चालन,
• श्रमिक एवम् श्रमिकको सामाजिक सुरक्षा, श्रमशक्ति, श्रम बजारबीचको समन्वय र सहजीकरण,
• धर्म, परम्परा र गुठी अन्तर्गत चालिआएका विभिन्न जात्रा, पर्वहरुको संचालन र व्यवस्थापन,

• जिल्ला स्तरमा संग्रहालयको स्थापना, संचालन तथा व्यवस्थापन,
• जिल्ला भित्र रहेका प्रादेशिक स्तरका पुरातात्विक महत्वका स्थल, ऐतिहासिक र धार्मिक, सांस्कृतिक सम्पदा, प्राचीन स्मारक, संग्रहालय, सांस्कृतिक धरोहरको संरक्षण तथा सम्भार सम्बन्धी कार्य,
• ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं कला र वास्तुकलात्मक दृष्टिकोणले महत्व बोकेका जिल्ला भित्र रहेका प्रादेशिक स्तरका दरबारहरुको संरक्षण, सम्भार, तथा व्यवस्थापन।

File Download