NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ थिंलागा द्वादशी - २७

नागरिक बडापत्र

सि.नं.

सेवाको प्रकार

सेवा प्राप्तिका लागि आवश्यक कागजातहरु

लाग्ने समय

लाग्ने दस्तुर

जिम्मेवार शाखा/व्यक्ति

विद्यालयमा भौतिक संरचना निर्माणका लागि सम्झौता गर्ने

  • विद्यालय व्यवस्थापन समिति/विद्यालय निर्माण सहयोग समिति/उपभोक्ता समितिको निर्णय
  • निर्माण कार्यको ड्रइङ्ग, डिजाइन तथा लगत अनुमान
  • उक्त कार्यक्रम वार्षिक बजेट तथा योजनामा स्वीकृत भएको निस्सा
  • सम्बन्धित स्थानीय तह वा वडा कार्यालयको सिफारिस
  • निर्माण गरिने स्थानको जग्गाको लालपूर्जा वा स्थानीय तहद्वारा प्रदान गरिएको जग्गा भोगाधिकारको प्रमाणपत्र वा स्थानीय तहले उक्त जग्गा सार्वजनिक भएको तर कसैको व्यक्तिगत भोगचलनमा नरहेको आसयको पत्र
  • विव्यस/उ..का सबै पदाधिकारीहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • विव्यसका अध्यक्ष र प्रअ/ उ..का अध्यक्ष, सचिव र कोषाध्यक्षले
  • हस्ताक्षर गरेको संस्थाको छाप सहितको सम्झौता फाराम
  • समितिको नाममा सञ्चालन भएको बैंक खाताको स्पष्ट देखिने चेकको सक्कल प्रति
  • उक्त कार्य गर्नु अघि निर्माण स्थलको स्पष्ट देखिने फोटो
  • एउटै प्रकृतिको कार्य अन्य निकायबाट सोही स्थानमा भैरहेको भएमा सोको जानकारी पत्र
  • यस अघि यस कार्यालयसँग सम्झौता भएकोमा उक्त काम अधुरो नरहेको प्रतिबद्धता पत्र

फाइल पेश भएको मितिले एक दिन

नलाग्ने

प्राविधिक फाँट/प्रशासन शाखा

सार्वजनिक खेलमैदान/अन्य सार्वजनिक निर्माणका लागि सम्झौता गर्ने

  • सम्बन्धित स्थानीय तह वा वडा कार्यालयको प्रतिनिधिको रोहबरमा उपभोक्ता समिति गठन गरी सोको सम्झौता गर्ने निर्णय
  • सम्बन्धित स्थानीय तह वा वडा कार्यालयको सिफारिस
  • निर्माण कार्यको ड्रइङ्ग, डिजाइन तथा लगत अनुमान
  • उक्त कार्यक्रम वार्षिक बजेट तथा योजनामा स्वीकृत भएको निस्सा निर्माण गरिने स्थानको जग्गाको लालपूर्जा वा स्थानीय तहद्वारा प्रदान गरिएको जग्गा भोगाधिकारको प्रमाणपत्र वा स्थानीय तहले उक्त जग्गा सार्वजनिक भएको तर कसैको भोगचलनमा नरहेको
  • उपभोक्ता समितिका सबै पदाधिकारीहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • ..का अध्यक्ष, सचिव र कोषाध्यक्षले हस्ताक्षर गरेको सम्झौता फाराम
  • समितिको नाममा रहेको बैंक खाताको स्पष्ट देखिने चेकको प्रति
  • उक्त कार्य गर्नु अघि निर्माणास्थलको स्पष्ट देखिने फोटो
  • एउटै प्रकृतिको कार्य अन्य निकायबाट सोही स्थानमा भैरहेको भएमा सोको जानकारी पत्र

फाइल पेश भएको मितिले एक दिन

नलाग्ने

प्राविधिक फाँट/प्रशासन शाखा

विभिन्न निकायमा अन्तिम भुक्तानीको लागि सिफारिस गर्ने

  • निर्माण कार्य गर्ने निकाय(विद्यालय व्यवस्थापन समिति/उपभोक्ता समिति) को निर्णय
  • सम्बन्धित स्थानीय तह वा वडा कार्यालयको सिफारिस
  • निर्माण कार्यसँग सम्बन्धित बिलभरपाईहरु, डोर हाजिरी फाराम र खरीदसँग सम्बन्धित भए कोटेशन माग वा शिलबन्दी दरभाउ पत्र निकालेको सूचना, तुलनात्मक तालिका र आपूर्तिकर्ता छनौट गरेको निर्णय, खरीद आदेश, दाखिला प्रतिवेदन, माग फाराम, बिल भरपाइहरु, स्पष्ट देखिने माल सामानको रंगीन फोटो, भुक्तानी माग गरेको निवेदन
  • पेश्की नलिएको भए समितिको नाममा रहेको स्पष्ट देखिने चेकको प्रति
  • उक्त कार्य गर्नु अघि, कार्य गरिरहेको र काम सम्पन्न भएपछिको निर्माणास्थलको सबैतिरबाट स्पष्ट देखिने फोटो
  • सार्वजनिक सुनुवाई गरेको निर्णयको प्रतिलिपि

फाइल पेश भएको मितिले एक दिन

नलाग्ने

प्राविधिक फाँट/प्रशासन शाखा

योजना मागका लागि मन्त्रालयमा सिफारिस गर्ने

  • आधिकारिक निकायको प्रस्तावना र निर्णय सहित सिफारिस मागको निवेदन

फाइल पेश भएको मितिले एक दिन

नलाग्ने

प्राविधिक फाँट/प्रशासन शाखा

कार्य सम्पन्न भएकोमा भुक्तानी लिने

  • निर्माण कार्य गर्ने निकाय(विद्यालय व्यवस्थापन समिति/उपभोक्ता समिति) को निर्णय
  • सम्बन्धित स्थानीय तह वा वडा कार्यालयको सिफारिस
  • निर्माण कार्यसँग सम्बन्धित बिल, भरपाईहरु तथा डोर हाजिरी फाराम र खरीदसँग सम्बन्धित भए कोटेशन माग वा शिलबन्दी दरभाउ पत्र निकालेको सूचना, तुलनात्मक तालिका र आपूर्तिकर्ता छनौट गरेको निर्णय, खरीद आदेश, दाखिला प्रतिवेदन, माग फाराम, बिल भरपाईहरु, स्पष्ट देखिने निर्माण वा माल सामानको रंगीन फोटो, भुक्तानी माग गरेको निवेदन
  • पेश्की नलिएको भए समितिको नाममा रहेको स्पष्ट देखिने चेकको प्रति
  • उक्त कार्य गर्नु अघि, कार्य गरिरहेको र काम सम्पन्न भएपछिको निर्माणास्थलको सबैतिरबाट स्पष्ट देखिने फोटो
  • सार्वजनिक सुनुवाई गरेको निर्णयको प्रतिलिपि

फाइल पेश भएको मितिले आर्थिक प्रशासन फाँटमा कर्मचारी उपलब्ध भए लगत्तै

नलाग्ने

प्राविधिक फाँट/प्रशासन शाखा/आर्थिक प्रशासन फाँट

निर्माण कार्यको रनिङ्ग बिल लिने

  • निर्माण कार्य गर्ने निकाय(विद्यालय व्यवस्थापन समिति/उपभोक्ता समिति) को निर्णय
  • सम्बन्धित स्थानीय तह वा वडा कार्यालयको सिफारिस
  • निर्माण कार्यसँग सम्बन्धित बिल, भरपाइहरु तथा डोर हाजिरी फाराम, रनिङ्ग बिल भुक्तानी माग गरेको निवेदन
  • पेश्की नलिएको भए समितिको नाममा रहेको स्पष्ट देखिने चेकको प्रति
  • उक्त कार्य गर्नु अघि, कार्य गरिरहेको र काम भएसम्मको निर्माणास्थलको सबैतिरबाट स्पष्ट देखिने रंगीन फोटो
  • सार्वजनिक सुनुवाई गरेको निर्णयको प्रतिलिपि

फाइल पेश भएको मितिले एक दिन

नलाग्ने

प्राविधिक फाँट/प्रशासन शाखा/आर्थिक प्रशासन फाँट

निर्माण तथा खरीदका लागि पेश्की माग गर्ने

  • सम्झौताका लागि पेश भएको फारामसँग नियमानुसारको पेश्की रकम उपलब्ध गराइदिने व्यहोराको पत्र

फाइल पेश भएको मितिले आर्थिक प्रशासन फाँटमा कर्मचारी उपलब्ध भए लगत्तै

नलाग्ने

प्राविधिक फाँट/प्रशासन शाखा/आर्थिक प्रशासन फाँट

निर्माण सुरक्षण धरौटी फिर्ता माग गर्ने

  • प्राविधिक प्रतिवेदन
  • विव्यस/उसको निर्णय सहित धरौटी फिर्ताको लागि पत्र
  • निर्माण भएको कामको पछिल्लो अवस्था देखिने चारैतिरबाट खिचेको निर्मित संरचनाको रंगीन फोटो

फाइल पेश भएको मितिले आर्थिक प्रशासन फाँटमा कर्मचारी उपलब्ध भए लगत्तै

नलाग्ने

प्राविधिक फाँट/प्रशासन शाखा/आर्थिक प्रशासन फाँट

गुनासो सुनुवाई

निवेदन लिखित वा मौखिक

निवेदन प्राप्त भए लगत्तै

नलाग्ने

गुनासो सुन्ने अधिकारी वा कार्यालय प्रमुख

१०

सेफ हाउस सञ्चालन अनुदान

  • निर्देशक समिति वा सञ्चालक समितिको बैठकको निर्णय
  • संस्थाको पृष्ठभूमि देखिने स्वीकृत कार्यक्रमको प्रस्तावना
  • अघिल्लो आव सम्मको लेखा परीक्षण प्रतिवेदन
  • सम्बन्धित स्थानीय तहको सिफारिस
  • सञ्चालक समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि
  • अन्य संस्थाबाट अनुदान प्राप्त भएको वा भैरहेको भए सोको जानकारी

११

विभिन्न अनुदान प्रदान

सम्बन्धित निर्देशिका वा कार्यविधि वा कार्यक्रम कार्यान्वयन पुस्तिकामा तोकिए बमोजिमको विधि प्रक्रिया र कागजात

निर्देशिकामा तोकिएको अवधिभित्र

नलाग्ने

प्रशासन शाखा/प्राविधिक फाँट/आर्थिक प्रशासन फाँट

१२

सामाजिक विकास/युवा तथा खेलकुद/ भाषा संस्कृति र अन्य कार्यक्रमहरु सञ्चालन

सम्बन्धित निर्देशिका वा कार्यविधि वा कार्यक्रम कार्यान्वयन पुस्तिकामा तोकिए बमोजिमको विधि प्रक्रिया र कागजात

निर्देशिकामा तोकिएको अवधिभित्र

नलाग्ने

प्रशासन शाखा (सामाजिक विकास अभियन्ता)/प्राविधिक फाँट/आर्थिक प्रशासन फाँट